सिलबन्दी दरभाउपत्र आव्हानको सूचना : खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुको संयुक्त खरिद समिति, पन्चदेवल विनायक नगरपालिका, अछाम

प्रथम पटक प्रकाशित सूचना (मितिः २०७९ मङ्सिर २० गते तद अनुसार सन् २०२२ डिसेम्वर ६)

खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुको संयुक्त खरिद समिति, पन्चदेवल विनायक नगरपालिका, अछाम

१. आली खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, पन्चदेवल विनायक–५,

२. तोली खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, पन्चदेवल विनायक–६,

३. जामुन्नी खतिवडा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, पन्चदेवल विनायक–६

पन्चदेवल विनायक नगरपालिका, एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपाल र स्थानिय समुदायको सहलगानीमा संचालित तपसिलमा उल्लेखित खानेपानी तथा सरसफाइ योजनाहरुको लागि खानेपानी÷बहुउपयोगी योजना निर्माणमा प्रयोग हुने निर्माण सामाग्रीहरु :

प्याकेज १ :

समुह क : एच.डि.पि.पाइप,  जि.आई.पाइप, रड, ग्याविन तार, काडेतार, जि.आई. तथा ब्रास फिटिङ्ग, ब्रास भल्व र औजारहरु  

समुह ख : सिमेण्ट (ओपीसी)

समुह ग : फलामे (फेव्रिकेटेड) निर्माण सामाग्री

खरिद गर्नुपर्ने भएकोले दरभाउपत्रमा उपलव्ध गराइएको स्पेसिफिकेशन वमोजिमको तौल र गुणस्तरका सामानहरु सप्लाई गर्न इच्छुक मूल्य अभिवृद्धि करमा दर्ता भएका आपूर्तिकर्ता, फर्म वा कम्पनिवाट निम्न शर्तहरुको अधिनमा रही सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ ।

शर्तहरुः

 

  1. यो सूचना प्रकाशित भएको मितिले ११ औं दिन (२०७९ मङ्सिर २० गते देखि २०७९ पुस १ गते) दिनको ३ बजे भित्र  रुडेक नेपालको फिल्ड कार्यालय, पन्चदेवल विनायक –३, विनायक बजार अछाम, रुडेक नेपालको जिल्ला  कार्यालय, मंगलसेन–५, अछाम र एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपाल कार्यालय विरेन्द्रनगर,सुर्खेतबाट दरभाउपत्र लिन सकिनेछ । साथै साथै तलको लिङ्क बाट दरभाउपत्र download पनि गर्न सकिनेछ ।
  2. दरभाउपत्रहरु रितपूर्वक भरी सूचना प्रकाशित भएको मितिले १५ औ दिन (२०७९ पुस ५ गते तद अनुसार सन् २०२२ डिसेम्बर २०) दिनको १२ बजे भित्र रुडेक नेपालको फिल्ड कार्यालय, पन्चदेवल विनायक –३, अछाम वा रुडेक नेपालको जिल्ला कार्यालय, मंगलसेन–५ अछाम मा दर्ता गराउनु पर्नेछ । दरभाउपत्र सिलबन्दी गरी संयुक्त खरिद समिति, पन्चदेवल विनायक नगरपालिका, अछाम को नाम, ठेगाना र “ निर्माण सामाग्री सप्लाई सिलवन्दी दरभाउपत्र“  भन्ने व्यहोरा लेख्नु पर्नेछ ।
  3. सिलबन्दी दरभाउपत्र पेश गर्दा आपूर्तिकर्ताको आधिकारिक प्रतिनिधि आफै उपस्थित भई वा हुलाक वा कुरियर मार्फत समेत पेश गर्न सकिनेछ । हुलाक वा कुरियर मार्फत पठाइएको सिलबन्दी दरभाउपत्र सूचना प्रकाशित भएको मितिले १५ औं दिन (२०७९ पुस ५ गते तद अनुसार सन् २०२२ डिसेम्बर २०) दिनको १२ बजे भित्र प्राप्त भैसक्नुपर्नेछ ।
  4. म्याद नाघी वा रित नपुगी आएका दरभाउपत्र उपर कुनै कारबाही हुने छैन ।
  5. सिलबन्दि दरभाउपत्र दर्ता गर्ने तथा खोल्ने अन्तिम दिनमा सार्वजनिक विदा पर्न गएमा सोको भोलिपल्ट कार्यालय खुलेको दिन दर्ता गरिने वा खोलिनेछ ।
  6. दर्ता भएका दरभाउपत्रहरु २०७९ पुस ५ गते सोमबार तद् अनुसार सन् २०२२ डिसेम्बर २० दिनको ३:०० बजे रुडेक नेपालको -RuDEC_ को फिल्ड कार्यालय, पन्चदेवल विनायक –३, विनायक अछाममा दरभाउपत्रदाता वा निजका प्रतिनिधिको रोहवरमा खोलिने छ । दरभाउपत्रदाता वा निजका प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन ।
  7. आपुर्तिकर्ताले तोकिएको स्थान सम्म सामाग्री ढुवानी गरी चेकजांच भएपछि मात्र उपभोक्ता समितिले भुक्तानी चेक मार्फत गर्नेछ । 
  8. दरभाउपत्र सम्बन्धी कुनै कुरा बुझ्न परेमा ९८४८११४३८१, ९८४८७२७७१७ र ०८३ ५२१०९२/५२१०९३ मा सम्पर्क राख्न सकिनेछ ।
  9. यो सूचनामा केहि संसोधन गर्नु परेमा सो को सूचना अहिले प्रकाशित भएका पत्रिकाहरु वा माध्यमबाट नै गरिने छ ।
  10. दरभाउपत्र पेश गर्दा सिलवन्दी दरभाउपत्र साथ प्याकेज १ को लागि रु. ९०,०००( अक्षरेपी नब्बे हजार मात्र) दरभाउपत्र खोलिने मिति देखि गणना हुनेगरी ४५ दिन मान्य रहने गरी नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त वाणिज्य बैंकबाट तोली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको (TOLI KHANEPANI TATHA SARSAI UC) नाममा जारी गरेको तथा शर्त रहित सक्कल बैंक जमानत दरभाउपत्र साथ संलग्न गर्नु पर्नेछ ।
  11. दर्ता भएका दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुको संयुक्त खरिद समिति, पन्चदेवल विनायक नगरपालिका, अछाममा सुरक्षित रहनेछ ।

 

संयुक्त खरिद समिति

पन्चदेवल विनायक नगरपालीका, अछाम

 

BID DOWNLOAD गर्न यहा थिच्नुहोस