प्रस्तावना आव्हान सम्बन्धि सूचना

कामदारहरुको लागि थप सीप तालिम संचालन गर्न इच्छुक पेशागत संघ/महासंघहरुबाट प्रस्तावना आव्हान सम्बन्धि सूचना (प्रथम पटक प्रकाशित मिति: २०७७ चैत्र २६)

नेपाल सरकार र स्विस सरकारको संयुक्त पहलमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (CTEVT) मार्फत संचालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप (इन्स्योर) परियोजनाले २,३५० जना उद्योग/व्यवसायमा कार्यरत कामदार वा स्वरोजगार युवा, वैदेशिक रोजगारीबाट फर्केका र कोविड-१९ महामारीको कारणले रोजगारी गुमाएका युवाका लागि निम्न विषयहरुमा कामदारहरुको लागि थप तालिम (Workers' Further Training) संचालन गर्न लागेको हुँदा सो विषयहरुसँग सम्बन्धित सक्षम तथा इच्छुक संघ/महासंघहरुबाट तोकिएको ढाँचा अनुसार मिति २०७८ बैशाख १० गते कार्यालय समय भित्र आफ्नो प्रस्तावना पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ l

तालिम हुने क्षेत्र र विषयहरु:

Construction

  1. Plumbing (96 hrs.)
  2. Mason (96 hrs.)

Electricals

  1. Three Phase Wiring (96 hrs.)
  2. Motor re-winding (96 hrs.)

Automobile

  1. Engine System Management (96 hrs.)
  2. Electrical, Electronics and Fuel System Management (96 hrs.)

Mechanical

 

  1. A/C Fitting (96 hrs.)
  2. Refrigerator Maintenance (96 hrs.)

Hospitality

 

  1. Waiter/Waitress Management (96 hrs.)
  2. Common Indian Cuisine (96 hrs.)
  3. Front OFFICE/DESK management (96 hrs.)
  4. Hotel Management: Refresher Training (45 hrs.)
  5. Chinese/Typical Nepali Cook (96 hrs.)
  6. Housekeeping (96 hrs.)

Information Technology

 

  1. CCTV Installation and Repair (96 hrs.)
  2. Printer Setup and Repair (96 hrs.)
  3. Ethical Hacking (EH) (96 hrs.)

Electronics

  1. LED/LCD Display and Television Technician (96 hrs.)

प्रस्तावना पेश गर्दा सम्बन्धित संघ/महासंघले एक वा सो भन्दा बढि Training Course Content मा अधिकतम ३०० जना सहभागीहरुको लागि प्रस्तावना पेश गर्न सक्नेछ l प्रस्तावना पेश गर्दा एउटा खाम भित्र प्राविधिक र आर्थिक प्रस्तावना छुट्टा-छुट्टै खाममा राखी पेश गर्नु पर्नेछ l रित नपुगेका र तोकिएको समयमा प्राप्त नभएका प्रस्तावनाहरुलाई छनौट प्रक्रियामा समावेश गरिने छैन l प्रस्तावनाको ढांचा यहाँ  बाट डाउनलोड गर्न सकिनेछ l इच्छुक संघ/महासंघले सम्बन्धित Training Course Content को बिस्तृत विवरणको लागि ईमेल enssure.np@helvetas.org  ठेगाना मार्फत अनुरोध गर्नु पर्नेछ l प्रस्तावना तयारी तथा पेश गर्ने प्रक्रिया सम्बन्धि अन लाइन अन्तरक्रिया गोष्ठी  (Online Pre-Bid Conference) मिति २०७७ चैत्र ३० गते बिहान ११:३० बजेदेखि Microsoft Teams मा हुनेछ l सो गोष्ठीमा सहभागी हुन इच्छुक संघ/महासंघले परियोजनाको इमेल enssure.np@helvetas.org मार्फत आफ्नो इमेल ठेगाना दर्ता गराउन सक्नेछ l

प्रस्तावना छनौट योग्यतामा आधारित बिधि (QBS Method) बाट गरिनेछ  l प्राप्त प्रस्ताबहरुहरुको गुणस्तर, सम्भाव्यताका र आवश्यकताका आधारमा सहभागीको  संख्या थपघट गर्न सकिनेछ l प्रस्तावना छनौट प्रक्रिया सम्बन्धी परियोजनाले गरेको निर्णय अन्तिम हुनेछ l

प्रस्तावना बुझाउने स्थान: इन्स्योर परियोजना सहायता इकाईको कार्यालय CTEVT परिसर, सानोठिमी भक्तपुर (०१-६६३६०७३) र प्रादेशीक कार्यालयहरु (इटहरी : ०२५-५८५३२०, जनकपुर : ०४१-५२४१२५, भरतपुर : ०५६-५२१६८१, कोहलपुर : ०८१-५४०९५२)