सिलबन्दी दरभाउपत्र आव्हानको सूचना : खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको खरिद समिति, लेकबेशी नगरपालिका, (तिजुवोट बडिपाटी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, लेकबेशी १०, बडिपाटी, सुर्खेत

मितिः २०७९ मङ्सिर २१ गते तद अनुसार सन् २०२२ डिसेम्बर ७(प्रथम पटक सूचना प्रकाशित)

लेकबेशी नगरपालिका, सुर्खेत, एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपाल र स्थानिय समुदायको सहलगानीमा संचालित तपशिलमा उल्लेखित खानेपानी तथा सरसफाइ योजनाहरुको लागि खानेपानी योजना निर्माणमा प्रयोग हुने निर्माण सामाग्रीहरु :

प्याकेज १ :

समुह क : एच.डि.पि.पाइप,  जि.आई.पाइप, फलामे छड, ग्याविन तार, काडेतार, जि.आई. फिटिङ्ग, ब्रास भल्व र औजारहरु  

समुह ख : सिमेण्ट

समुह ग : फलामे (फेव्रिकेटेड) निर्माण सामाग्री

खरिद गर्नुपर्ने भएकोले सिलवन्दी दरभाउपत्रमा उपलव्ध गराइएको स्पेसिफिकेशन बमोजिमको तौल र गुणस्तरका सामानहरु सप्लाई गर्न इच्छुक मूल्य अभिवृद्धि करमा दर्ता भएका आपूर्तिकर्ता, फर्म वा कम्पनिवाट निम्न शर्तहरुको अधिनमा रही सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ ।

शर्तहरुः

  1. यो सूचना प्रकाशित भएको मितिले १२ दिन (२०७९ मङ्सिर २१ गते देखि २०७९ पुष ३ गते) दिनको ५ बजे भित्र  तिजुवोट बडिपाटी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालय, लेकबेशी १०, बडिपाटी, सुर्खेत, समाज जागरण केन्द्र (स्याक) नेपालको केन्द्रिय कार्यालय, विरेन्द्रनगर –१२, सुर्खेत, र एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपालको कार्यालय विरेन्द्रनगर, सुर्खेतबाट सिलबन्दी दरभाउपत्र लिन सकिनेछ । साथै तलको लिङ्कबाट download पनि गर्न सकिनेछ ।
  2. दरभाउपत्रहरु रितपूर्वक भरी सूचना प्रकाशित भएको मितिले १५ दिन (२०७९ पुष ६ गते तद अनुसार सन् २०२२ डिसेम्बर २१) दिनको १२ बजे भित्र समाज जागरण केन्द्र (स्याक) नेपालको केन्द्रिय कार्यालय, विरेन्द्रनगर –१२, सुर्खेत,  तिजुवोट बडिपाटी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालय, लेकबेशी १०, सुर्खेतमा दर्ता गराउनु पर्नेछ । दरभाउपत्र सिलबन्दी गरी खाम बाहीर पेश गर्न चाहेको प्याकेज र खरिद समिति, लेकबेशी नगरपालिका, सुर्खेत भन्ने व्यहोरा लेख्नु पर्नेछ ।
  3. सिलबन्दी दरभाउपत्र पेश गर्दा आपूर्तिकर्ताको आधिकारिक प्रतिनिधि आफै उपस्थित भई वा हुलाक वा कुरियर मार्फत समेत पेश गर्न सकिनेछ । हुलाक वा कुरियर मार्फत पठाइएको सिलबन्दी दरभाउपत्र सूचना प्रकाशित भएको मितिले १५ दिन (२०७९ पुष ६ गते तद अनुसार सन् २०२२ डिसेम्बर २१) दिनको १२ बजे भित्र प्राप्त भैसक्नुपर्नेछ ।
  4. म्याद नाघी वा रित नपुगी आएका दरभाउपत्र उपर कुनै कारबाही हुने छैन ।
  5. दरभाउपत्र लिने, दर्ता गर्ने तथा खोल्ने अन्तिम दिनमा सार्वजनिक विदा पर्न गएमा सो को भोलिपल्ट कार्यालय खुलेको दिन दर्ता गरिने वा खोलिने छ ।
  6. दर्ता भएका दरभाउपत्रहरु २०७९ पुष ६ गते तद अनुसार सन् २०२२ डिसेम्बर २१ दिनको १ बजे तिजुवोट बडिपाटी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालय, लेकबेशी १०, बडिपाटी सुर्खेतमा दरभाउपत्रदाता वा निजका प्रतिनिधिको रोहवरमा खोलिने छ ।  दरभाउपत्रदाता वा निजका प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन ।
  7. आपुर्तिकर्ताले तोकिएको स्थान सम्म सामाग्री ढुवानी गरी चेकजांच भएपछि मात्र उपभोक्ता समितिले भुक्तानी गर्नेछ । 
  8. दरभाउपत्र सम्बन्धी कुनै कुरा बुभ्mन परेमा ९७४२८२१३१३, ९८६८२६६५७५,०८३ ५२१२८२ र ०८३ ५२१०९२/५२१०९३ मा सम्पर्क राख्न सकिनेछ।
  9. यो सूचनामा केहि संसोधन गर्नु परेमा सो को सूचना अहिले प्रकाशित भएका पत्रिकाहरु वा माध्यमबाट नै गरिने छ ।
  10. दरभाउपत्र पेश गर्दा सिलवन्दी दरभाउपत्र साथ प्याकेज १ को लागि रु. ३,७०,०००। (अक्षरेपी तिन लाख सत्तरी हजार मात्र) र दरभाउपत्र खोलिने मिति देखि गणना हुनेगरी ४५ दिन मान्य रहने गरी नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त वाणिज्य बैंकबाट तिजुवोट बडिपाटी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति (TIJUBOT BADIPATI KHANEPANI TATHA SA) को नाममा जारी गरेको तथा शर्त रहित सक्कल बैंक जमानत दरभाउपत्र साथ संलग्न गर्नु पर्नेछ ।
  11. दर्ता भएका दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार  खरिद समिति, लेकबेशी नगरपालिका, सुर्खेतमा सुरक्षित रहनेछ ।

 

खरिद समिति,

लेकबेशी नगरपालिका, सुर्खेत

BID DOWNLOAD गर्न यहा थिच्नुहोस