सिलबन्दी दरभाउपत्र आव्हानको सूचना : खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुको संयुक्त खरिद समिति, सिम्ता गाउँपालिका, सुर्खेत

(देउमारा तालिगाड मर्मत खानेपानी तथा सरसफार्र्ई उपभोक्ता समिति, सिम्ता–७, सुर्खेत, घलेना लिफ्ट खानेपानी तथा सरसफार्ई उपभोक्ता समिति, सिम्ता–५, सुर्खेत, घारीखोला तल्लो नाहागाउ बहुउपयोगी खानेपानी तथा सरसफार्ई उपभोक्ता समिति, सिम्ता–२, सुर्खेत, घोरेटा खानेपानी तथा सरसफार्ई उपभोक्ता समिति, सिम्ता–१, सुर्खेत, टिमुरे बडाकाँडा बजेडीचौर खानेपानी तथा सरसफार्ई उपभोक्ता समिति, सिम्ता–४, सुर्खेत, टिमुरे झ्यामा ठार खानेपानी तथा सरसफार्ई उपभोक्ता समिति, सिम्ता–३, सुर्खेत)

मितिः २०७९ मंसिर २७ गते तद अनुसार सन् २०२२ डिसेम्बर १३ (प्रथम पटक सूचना प्रकाशित)

 

सिम्ता गाउँपालिका, सुर्खेत, एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपाल र स्थानिय समुदायको सहलगानीमा संचालित उल्लेखित  खानेपानी÷ बहुउपयोगी तथा सरसफार्ई योजना निर्माणमा प्रयोग हुने निर्माण सामाग्रीहरु :

प्याकेज १ :

समुह क : एच.डि.पि.पाइप,  जि.आई.पाइप, फलामे छड, ग्याविन तार, काडेतार, जि.आई. फिटिङ्ग, ब्रास भल्व र औजारहरु  

समुह ख : सिमेण्ट ओ.पि.सि.

समुह ग : फलामे (फेव्रिकेटेड) निर्माण सामाग्री

खरिद गर्नुपर्ने भएकोले सिलवन्दी दरभाउपत्रमा उपलव्ध गराइएको स्पेसिफिकेशन बमोजिमको तौल र गुणस्तरका सामानहरु सप्लाई गर्न इच्छुक मूल्य अभिवृद्धि करमा दर्ता भएका आपूर्तिकर्ता, फर्म वा कम्पनिवाट निम्न शर्तहरुको अधिनमा रही सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ ।

शर्तहरुः

१. यो सूचना प्रकाशित भएको मितिले १२ दिन (२०७९ मंसिर २७ गते देखि २०७९ पुष ९ गते) दिनको ४ बजे भित्र समाज जागरण केन्द्र (स्याक) नेपालको केन्द्रिय कार्यालय, विरेन्द्रनगर –१२, सुर्खेत, समाज जागरण केन्द्र (स्याक) नेपालको फिल्ड कार्यालय, सिम्ता ६, जामुनेबजार,  सुर्खेत र एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपालको कार्यालय विरेन्द्रनगर, सुर्खेतबाट सिलबन्दी दरभाउपत्र लिन सकिनेछ । साथै तलको लिङ्कबाट download पनि गर्न सकिनेछ ।

२. दरभाउपत्रहरु रितपूर्वक भरी सूचना प्रकाशित भएको मितिले १५ दिन (२०७९ पुष १२ गते तद अनुसार सन् २०२२ डिसेम्बर २७) दिनको ४ बजे भित्र समाज जागरण केन्द्र (स्याक) नेपालको केन्द्रिय कार्यालय, विरेन्द्रनगर –१२, सुर्खेत वा समाज जागरण केन्द्र (स्याक) नेपालको फिल्ड कार्यालय, सिम्ता ६, जामुनेबजार सुर्खेतमा दर्ता गराउनु पर्नेछ । दरभाउपत्र सिलबन्दी गरी खाम बाहीर पेश गर्न चाहेको प्याकेज र संयुक्त खरिद समिति, सिम्ता गाउँपालिका, सुर्खेत भन्ने व्यहोरा लेख्नु पर्नेछ ।

३. सिलबन्दी दरभाउपत्र पेश गर्दा आपूर्तिकर्ताको आधिकारिक प्रतिनिधि आफै उपस्थित भई वा हुलाक वा कुरियर मार्फत समेत पेश गर्न सकिनेछ । हुलाक वा कुरियर मार्फत पठाइएको सिलबन्दी दरभाउपत्र सूचना प्रकाशित भएको १५ दिन (२०७९ पुष १२ गते तद अनुसार सन् २०२२ डिसेम्बर २७) दिनको ४ बजे भित्र प्राप्त भैसक्नु पर्नेछ ।

४.म्याद नाघी वा रित नपुगी आएका दरभाउपत्र उपर कुनै कारबाही हुने छैन ।

५.दरभाउपत्र लिने, दर्ता गर्ने तथा खोल्ने अन्तिम दिनमा सार्वजनिक विदा पर्न गएमा सो को भोलिपल्ट कार्यालय खुलेको दिन दर्ता गरिने वा खोलिनेछ

६.दर्ता भएका दरभाउपत्रहरु २०७९ पुष १३ गते तद अनुसार सन् २०२२ डिसेम्बर २८ दिनको १ बजे समाज जागरण केन्द्र (स्याक) नेपालको फिल्ड कार्यालय, सिम्ता ६, जामुनेबजार सुर्खेतमा दरभाउपत्रदाता वा निजका प्रतिनिधिको रोहवरमा खोलिने छ ।  दरभाउपत्रदाता वा  निजका प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन ।

७. आपुर्तिकर्ताले तोकिएको स्थान सम्म सामाग्री ढुवानी गरी चेकजांच भएपछि मात्र उपभोक्ता समितिले भुक्तानी गर्नेछ । 

८. दरभाउपत्र सम्बन्धी कुनै कुरा बुभ्mन परेमा ९८४८१६५९८९, ९८४४८६१५८९, ०८३ ५२१२८२ र ०८३ ५२१०९२÷५२१०९३ मा सम्पर्क राख्न सकिनेछ ।

९.यो सूचनामा केहि संसोधन गर्नु परेमा सो को सूचना अहिले प्रकाशित भएका पत्रिकाहरु वा माध्यमबाट नै गरिने छ ।

१०.दरभाउपत्र पेश गर्दा सिलवन्दी दरभाउपत्र साथ प्याकेज १ को लागि रु. ३,१०,०००( अक्षरेपी तिन लाख दश हजार मात्र) दरभाउपत्र खोलिने मिति देखि गणना हुनेगरी ४५ दिन मान्य रहने गरी नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त वाणिज्य बैंकबाट घलेना लिपm्ट खानेपानी तथा सरसफार्ई उपभोक्ता समिति (GHALENA LIFT KHANEPANI TATHA SARASAPHAI UPABHOKTA SAMITI)  को नाममा जारी गरेको तथा शर्त रहित सक्कल बैंक जमानत दरभाउपत्र साथ संलग्न गर्नु पर्नेछ ।

११.दर्ता भएका दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार संयुक्त खरिद समिति, सिम्ता गाउँपालिका, सुर्खेत मा सुरक्षित रहनेछ ।

१२.संयुक्त खरिद समितिले तयार गरेको मुल्याकंन प्रतिवेदन र सिफारिसको आधारमा सम्बन्धित उपभोक्ता समितिले सारभुत रुपमा प्रभावग्राही आपुर्तिकर्ताहरु संग खरिद सम्झौता गर्ने छ ।

 

संयुक्त खरिद समिति

BID DOWNLOAD गर्न यहा थिच्नुहोस