सिलबन्दी दरभाउपत्र आव्हानको सूचना : खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुको संयुक्त खरिद समिति (क) नरहरीनाथ गाउँपालिका, कालिकोट

प्रथम पटक प्रकाशित सूचनाः २०७९ मङ्सिर २१ गते

बडेमेला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, नरहरीनाथ–२, चौथिकोट खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, नरहरीनाथ–२, लामिछानी लाम्पाटा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति; नरहरीनाथ–१, मुंग्राधार खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, नरहरीनाथ–१

नरहरीनाथ गाउँपालिका, एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपाल र स्थानिय समुदायको सहलगानीमा संचालित तपशिलमा उल्लेखित खानेपानी तथा सरसफाइ योजनाहरुको लागि खानेपानी÷बहुउपयोगी योजना निर्माणमा प्रयोग हुने निर्माण सामाग्रीहरु खरिद गर्नुपर्ने भएकोले सिलवन्दी दरभाउपत्रमा उपलव्ध गराइएको स्पेसिफिकेशन वमोजिमको तौल र गुणस्तरका सामानहरु सप्लाई गर्न इच्छुक मूल्य अभिवृद्धि करमा दर्ता भएका आपूर्तिकर्ता, फर्म वा कम्पनिवाट निम्न शर्तहरुको अधिनमा रही सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ ।

प्याकेज १:

                समुह क : एच.डि.पि.पाइप,  जि.आई.पाइप, रड, ग्याविन तार, काँडेतार, जि.आई. फिटिङ्ग, ब्रास फिटिङ्ग भल्व र औजारहरु  

                समुह ख : सिमेण्ट (ओ.पि.सि)

प्याकेज २:               

फलामे (फेव्रिकेटेड) निर्माण सामाग्री

शर्तहरुः

१. यो सूचना प्रकाशित भएको मितिले १२औं (२०७९ मङ्सिर २१ गते देखि २०७९ पौष ३ गते) दिनको ४ बजे भित्र मानव अधिकार तथा वातावरण विकास केन्द्र (HuRENDEC Nepal) नेपालको कार्यालय, खाँडाचक्र –१, मान्मा, कालिकोट र एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपालको कार्यालय विरेन्द्रनगर, सुर्खेतबाट दरभाउपत्र लिन सकिनेछ । साथै तल दिईएको लिङ्क बाट सिलबन्दी दरभाउपत्र download पनि गर्न सकिनेछ ।

२. दरभाउपत्रहरु रितपूर्वक भरी सूचना प्रकाशित भएको मितिले १५औं (२०७९ पौष ६ गते तद अनुसार सन् २०२२ डिसेम्बर २१) दिनको ४ बजे भित्र मानव अधिकार तथा वातावरण विकास (HuRENDEC Nepal) नेपालको कार्यालय, खाँडाचक्र –१, मान्मा कालिकोटमा दर्ता गराउनु पर्नेछ । दरभाउपत्र सिलबन्दी गरी संयुक्त खरिद समिति, नरहरीनाथ गाउँपालिका नाम, ठेगाना र “निर्माण सामाग्री सप्लाई सिलवन्दी दरभाउपत्र” भन्ने व्यहोरा लेख्नु पर्नेछ ।

३. सिलबन्दी दरभाउपत्र पेश गर्दा आपूर्तिकर्ताको आधिकारिक प्रतिनिधि आफै उपस्थित भई वा हुलाक वा कुरियर मार्फत समेत पेश गर्न सकिनेछ । हुलाक वा कुरियर मार्फत पठाइएको सिलबन्दी दरभाउपत्र सूचना प्रकाशित भएको मितिले १५ औं (२०७९ पौष ६ गते तद अनुसार सन् २०२२ डिसेम्बर २१) दिनको ४ बजे भित्र प्राप्त भैसक्नु पर्नेछ ।

४.म्याद नाघी वा रित नपुगी आएका सिलवन्दि दरभाउपत्र उपर कुनै कारबाही हुने छैन ।

५.दरभाउपत्र दर्ता गर्ने तथा खोल्ने अन्तिम दिनमा सार्वजनिक विदा पर्न गएमा सो को भोलिपल्ट कार्यालय खुलेको दिन दर्ता गरिने वा खोलिने छ ।

६.  दर्ता भएका दरभाउपत्रहरु २०७९ पौष ७ विहीबार तद अनुसार सन् २०२२ डिसेम्बर २२ दिनको १:०० बजे नरहरीनाथ गाउँपालिका वडा नं ३, कालिकोटमा दरभाउपत्रदाता वा निजका प्रतिनिधिको रोहवरमा खोलिने छ ।  दरभाउपत्रदाता वा निजका प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन ।

७. आपुर्तिकर्ताले तोकिएको स्थान सम्म सामाग्री ढुवानी गरी चेकजांच भएपछि मात्र उपभोक्ता समितिले भुक्तानी गर्नेछ । 

८. दरभाउपत्र सम्बन्धी कुनै कुरा बुझ्न परेमा ९८४८३०१६५७, ९८६८००१७८८ र ०८३ ५२१०९२/५२१०९३ मा सम्पर्क राख्न सकिनेछ ।

९.यो सूचनामा केहि संसोधन गर्नु परेमा सो को सूचना अहिले प्रकाशित भएका पत्रिकाहरु वा माध्यमबाट नै गरिने छ ।

१०.दरभाउपत्र पेश गर्दा सिलवन्दी दरभाउपत्र साथ प्याकेज १ को लागि रु. ८०,०००( अक्षरुपी असी हजार मात्र) र प्याकेज २ को लागि रु. १५,००० (पन्ध्र हजार मात्र) दरभाउपत्र खोलिने मिति देखि गणना हुनेगरी ४५ दिन मान्य रहने गरी नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त वाणिज्य बैंकबाट MUGRADHARA KHANEPANI TATHA SARSAPHAI UPABHOK को नाममा जारी गरेको तथा शर्त रहित सक्कल बैंक जमानत दरभाउपत्र साथ संलग्न गर्नु पर्नेछ ।

११.दर्ता भएका दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार संयुक्त खरिद समिति, नरहरीनाथ गाउँपालिका, कालिकोटमा सुरक्षित रहनेछ ।

 

संयुक्त खरिद समिति (क)

नरहरीनाथ गाउँपालिका, कालिकोट

 

प्याकेज १ को BID DOWNLOAD गर्न यहा थिच्नुहोस 

प्याकेज २ को BID DOWNLOAD गर्न यहा थिच्नुहोस