कामदारहरुको लागि थप सिप तालिम संचालन गर्न इच्छुक पेशागत संघ/महासंघहरुबाट आशय पत्र (Letter of Intent) आव्हान गरिएको सम्बन्धि सूचना

नेपाल सरकार र स्विस सरकारको संयुक्त पहलमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT) मार्फत संचालित दिगो तथा सम्मानित रोजगारीका लागि सिप (इन्स्योर) परियोजनाले संचालन गर्न लागेको इलेक्ट्रीसिएन पेशामा कार्यरत कामदारहरुको लागि थप तालिम (Workers' Further Training) संचालन गर्न सक्षम तथा इच्छुक इलेक्ट्रीसिएन पेशासँग सम्बन्धित संघ/महासंघहरुबाट तोकिएको ढाँचा अनुसार मिति २०७७ पौष २५ गते कार्यालय समय भित्र आफ्नो आशय पत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ l रित नपुगेका र तोकिएको समयमा प्राप्त नभएका आसय पत्रहरुलाई छनौट प्रक्रियामा समावेश गरिने छैन l आसय पत्रको ढांचा तल दिईएको लिङ्कबाट डाउनलोड गर्न सकिनेछ l  

आशय पत्र बुझाउने स्थान:

  • इन्स्योर परियोजना सहायता इकाईका कार्यालयहरु, CTEVT परिसर, सानोठिमी भक्तपुर 
  • प्रदेशीक कार्यालयहरु – इटहरी, जनकपुर, भरतपुर, कोहलपुर l  

 

आसय पत्रको ढांचा यहाँबाट  डाऊनलोड गर्नुहोस