© Helvetas
इटहरी, नेपाल - 31. July 2018

सुनिश्चित रोजगारीका लागि अप्रेन्टिसिप तालिम शुरु

© Helvetas

 २०७५ साउन १० गते

उद्योगमा काम गर्दै सीप आर्जन गर्ने प्रकृतीको सीप विकास तालिम। अप्रेन्टिसिप (औद्योगिक प्रशिक्षण)  नेपालमै पहिलो पटक शुरुवात गरिएको छ ।  यस तालिमले श्रम बजारको माग बमोजिम दक्ष प्राविधिक युवा जनशक्ति उत्पादन गर्नुका साथै उद्योग व्यावसायका लागी अत्यावश्यक व्यवहारीक ज्ञान, सीप तथा अभिवृत्ती हाँसिल गरी उनीहरुलाई दक्ष कामदारको रुपमा स्थापित हुने अवसर प्रदान गर्दछ । २४ महिना अवधिको यस प्रकृतिको प्रशिक्षण लाई नेपालको सीप विकास तालीमको परिदृश्यमा एक कोशेढुंगा मानिएको छ । विश्वका विभिन्न राष्ट्रमा सफल रुपमा सञ्चालनमा रहेको यस प्रकारको प्रशिक्षण पद्दतिले उत्पादनशिल जनशक्ति तयार गरी मुलुककै आर्थिक विकास मा योगदान पु¥याउने लक्ष्य राखिएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) तथा मनमोहन स्मृती पोलिटेक्निक हात्तिमुडा मोरङ प्रदेश नं. १ ले संयुक्त रुपमा आयोजना गरेको अप्रेन्टिसिप तालिमको समुदघाटन मिति २०७५ साउन १० गते प्रदेश नं. १ का माननिय मुख्य मन्त्रि श्री शेरधन राईज्यू बाट एक विषेष समारोहमा भएको  छ  । उक्त समारोहमा प्रदेश मन्त्रिहरु, स्वीस राजदुत श्री एलिजावेथ भन क्यापेलर ओस्वाल्ड, यस क्षेत्रका स्थानिय सरकारका प्रमुख तथा उप–प्रमुखहरु, ऋत्भ्ख्त् का सदस्य सचिव, शिक्षा मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरु, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम विज्ञहरु, यस क्षेत्रका उद्योगी–व्यवसायी र औद्योगिक संघ सस्थाका प्रतिनिधि तथा पत्रकार, विशिष्ठ व्यक्तित्वहरु लगायत उल्लेख्य संख्यामा अप्रेन्टिस (औद्योगिक प्रशिक्षार्थी) हरुको उपस्थिति रहेको थियो ।

मेकानिकल इञ्जिनियरिङ र इलेक्ट्रिकल इञ्जिनियरिङ विषयमा प्रदान गरिने यस प्रकारको तालीमको शुरुवात मनमोहन स्मृती पोलिटेक्निक लगायत परिषदका अन्य तीन शिक्षालय( बालाजु स्कुल अफ इञ्जिनियरिङ एण्ड टेक्निोलोजी, भेरी प्राविधिक शिक्षालय तथा कोरिया नेपाल इन्टिच्युट अफ टेक्नोलोजीबाट हुने भएतापनी यस तालिमलाई क्रमशस् अन्य विधा तथा सरकारी एवं निजी प्राविधिक शिक्षालयबाट विस्तार गरिने लक्ष्य लिइएको छ ।  यस तािलममा मोरङ जिल्ला का १० बटा उद्योग व्यावसाय सहित करिब ५० वटा उद्योग व्यावसायले सहकार्यको प्रतिवद्दता गरेका छन् । तालिम सम्पन्न गरेका सफल अप्रेन्टिस (औद्योगिक प्रशिक्षार्थी) हरुले प्राविधिक एसएलसी तहको प्रमाणपत्र प्राप्त गरी रोजगार बजारमा सहजै प्रवेश पाउनेछन् । साथै उनीहरु नेपाल सरकारले तोकेको न्यूनतम तलव सुवीधा प्राप्त गर्न योग्य हुनेछन् । 

अप्रेन्टिसिप तालिमको शुरुवात दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना अन्तर्गत भएको हो । नेपाल सरकार तथा स्विटजरल्याण्ड सरकारको बिचको सम्झौतामा ऋत्भ्ख्त् बाट संचालित यस परियोजनाले करिब १,५०० युवा युवतीलाई अप्रन्टिसिप तालिम प्रदान गर्नुका साथै छोटा अवधीको उद्योगमा आधारित तालिम, कामदारको दक्षता अभिवृदी तालिम साथै वृती विकास मा पनि योगदान पु¥याउँदै आएको छ ।   यस परियोजनालाई हेल्भेटास नेपालले प्राविधिक सहयोग गरेको छ ।